नियम ४०
कर कट्टी सम्बन्धी अन्य व्यवस्था
(१) कर कट्टी गरिएको वस्तुहरू स्टकमा रहेको छ भने त्यस्तो वस्तुहरू कर अधिकृतले हेर्न चाहे वा गणना गर्न चाहेमा करदाताले देखाउनु वा गणना गर्न दिनुपर्नेछ । कर अधिकृतले त्यस्ता वस्तुहरू हेर्दा वा गणना गर्दा त्यस्तो वस्तुहरू कर लाग्ने कारोबारमा प्रयोग भएको नपाएमा वा स्टकमा रहनु पर्नेमा स्टकमा रहेको नपाएमा त्यस्ता वस्तुहरू प्रचलित बजार मूल्यमा बिक्री भएको मानिनेछ ।
(२) उपनियम (१) बमोजिम बिक्री भएका वस्तुहरूमा लाग्ने कर दाखिल गर्न सम्बन्धित करदातालाई कर अधिकृतले आदेश दिन सक्नेछ । त्यस्तो कर रकम कर अधिकृतले तोकेको महिनाको कर विवरणसँग दाखिल गर्नु पर्नेछ । तर कर अधिकृतको विचारमा त्यस्तो कर तत्कालअसुल नगरेअसुल हुन नसक्ने अवस्था छ भने तुरुन्त करदाताबाट दाखिल गर्न लगाउन सक्नेछ ।
(३) कुनै करदाताले करलाग्ने वस्तु वा सेवा तथा कर छुट भएका वस्तु वा सेवा दुबैको कारोबार गरेको रहेछ भने त्यस्तो करदाताले कर लाग्ने वस्तु वा सेवासँग प्रत्यक्ष रूपमा सम्बन्धित खरिद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउनेछ ।
(४) कर लाग्ने वा कर छुट भएको दुबै प्रकारका वस्तु वा सेवाको कारोबार गर्ने करदाताले उपनियम (३) बमोजिम कर लाग्ने वस्तु वा सेवाको बिक्रीसँग खरिद वा आयात भएका वस्तुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेमा त्यस्तो करदाताले बिक्री गरेको कुल मूल्यमध्ये कर लाग्ने कारोबारको मूल्यको समानुपातिक हिसाबबाट खरिद वा आयातमा तिरेको कर कट्टी गर्न सक्नेछ ।
(५) उपनियम (४) बमोजिम करको गणना गर्दा समानुपातिक रूपमा गणना हुन नसक्ने भन्ने कर अधिकृतलाई लागेमा निजले अर्को बैकल्पिक तरीकाद्वारा गणना गर्न विभागसँग निर्देशन माग गर्न सक्नेछ ।